गण्डकी प्रदेशसभा सदस्य प्रकाश मल्ललाई पितृ शोक

२०७८ जेष्ठ ५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दिवस भण्डारी 

जेठ ४,स्याङ्जा । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ललाई पितृ शोक परेको छ ।

नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य, पूर्व जिल्ला कोषाध्यक्ष एवं समाजसेवी गजिन्द्रप्रकाश मल्लको ७४ बर्षको उमेरमा निधन भएको छ । पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार दिउसो निधन भएको हो । निरंकुश शासन ब्यवस्था बिरुद्ध  नागरिकका स्वतन्त्रताका पक्षमा आवाज उठाउदै प्रतिबन्धित अवस्थामा जेलनेल सजाय भोगेका मल्ल प्रजातन्त्रका लागि ज्यान आहुती दिने योद्धाका रुपमा परिचित हुनुहुन्थ्यो । मल्लमा पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएपछि गण्डकी मेडिकल कलेज पोखरामा उपचारकै क्रममा निधन भएको हो ।

गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल लगायत उहाँको श्रीमती ३ छोरा र एक छोरी तथा दर्जन भन्दा बढी नाती नातिना रहेका छन् । मल्लको निधनले नेपाली काँग्रेस पार्टीमा अपुरणीय क्षति पुगेको कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय