गरिमा विकास बैंक र के.सी.एल.अस्ट्युट क्यापिटल बीच शेयर लगानी / स्वामित्व खरिद गर्ने सम्झौता

२०७८ असार ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दिवस भण्डारी

असार ६ स्याङ्जा । स्याङ्जाबाट स्थापना भएर राष्ट्रिय स्तरको विकास बैंक भएको गरिमा विकास बैंकले केसीएल असट्युटको शेयर स्वामित्व खरिद गरेको छ । शेयर खरिद सम्झौतामा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकाल र केसीएलको तर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।

गरिमा विकास बैंकले केसीएलको ५१.२० प्रतिशत शेयर स्वामित्व खरिद गरेको हो । सम्झौता अनुसार केसीएल अब  गरिमा विकास बैंकको सहायक कम्पनी बनेको छ । साथै केसीएलले अब गरिमा क्यापिटलको नामबाट सेवा प्रदान गर्ने छ । केसीएल नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले लगानी ब्यबस्थापन सेवा प्रदान गर्दै आएको छ  । देशभरीका विकास बैंक मध्ये सेवाप्रवाहमा उत्कृष्ट गरिमा बैंक पछिल्लो समय सेवाग्राहीका लागि एक पछि अर्को सेवा दिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय