बैंकको बेथिति र मनपरि विरुद्ध देश देशव्यापी अभियानको घोषणा (भिडियो सहित)

२०७९ पुष २३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २३ पुस । बैंक तथा बित्तीय सस्थाको बेथिति र मनपरी विरुद्ध देशव्यापी अभियानको घोषणा भएको छ । सनिवार काठमाडौको दरबार मार्गमा रहेको होटल उड्ल्यान्डमा एक कार्यक्रम आयोजना गरि अभियानको सुरु गरिएको हो ।

पछिल्लो समय बैंक तथा बित्तीय सस्थाले मनपरि ब्याजदर वृद्धि गरेपछि यस्तो अभियान चाल्नु परेको व्यावसायी दुर्गा प्रसाईंको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले भन्नुभयो “पहिले पहिले गाउँ घरमा साहु महाजनहरुले कपाली तम्सुक गरेर गरिब लुटे, तिनै लुटेरा बैंकको नाममा शहर र सहकारीको नाममा गाउँ पसेर सोझा साझा जनता लुटेका छन् ।” बैंकको बेसरेट बढेको भन्दै मनपरि ब्याजदर बढाएको प्रति आक्रोश व्यक्त गर्दै उहाँले राष्ट्र बैंकले बेसरेट बढ्नुको कारण खोज्नुको सट्टा उल्टै ब्याजदर बढाउन स्वीकृत दिनु गम्भीर बिषय भएको धारणा राख्नुभयो । नेपालको अर्थतन्त्र सिमित ब्यक्तिको हातमा पुगेको हुँदा उनिहरुको फाइदाको लागि मात्रै यहाँको अर्थनीति बन्ने गरेको उहाँको धारणा थियो ।

बैंकले ब्यापारीको ढाड सेक्नेगरि बढाएको ब्याजदरको विरुद्धमा सर्बोच्चमा परेको रिट समेतको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अधिवक्ता अर्जुनकुमार अर्यालले यो अभियान अब देशैभरी जाने बताउनुभयो । उहाँले भन्नुभयो “ब्याजदरकै कारण नेपालका व्यावसायीले आत्महत्या गर्ने समेतको अवस्था सिर्जना भएपछि व्यावसायीको जिबन रक्षाको माग गर्दै सर्बोच्चमा रिट दायर गरिएको हो ।” ब्याजदर सिङल डिजिटमा हुनुपर्ने,बैंक सरकारी करण हुनुपर्ने लगायतका माग राखी सर्बोच्चमा मुद्दा दायर गरिएको अर्यालले बताउनुभयो । बैंकले नागरिक नागरिकता समेत खोस्ने सम्मका हर्कत गर्न थालेपछि बैंकका नाममा भएको लूटको धन्दा अन्त्य गर्न सर्बोच्चमा मुद्दा  दायर गरिएको उहाँको धारणा थियो । बैंक तथा वित्तीय सस्थाबाट प्रवाह हुने ऋणको बारेमा समेत नागरिकलाई पुरा जानकारी नभएको हुँदा यसको जनचेतनाको लागि पनि अब गाउँगाउमा कार्यक्रम लिएर जान लागिएको उहाँले बताउनुभयो । उहाँले बैंकको ब्याजदरको नितिगत ब्यबस्था नहुदासम्म अभियान नरोकिने भन्दै पहिलो चरणमा प्रदेशस्तरीय र दोस्रो चरणमा जिल्ला स्तरीय कार्यक्रम गर्ने गरि अभियान अगाडि सारिएको धारणा राख्नुभयो ।

कन्स्टिच्युशनल फोरम अफ नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शोभाकान्त पौडेल, सामाजिक अभियान्ता डिल्लीराम खनालले लगायतले बैंकको मनपरि विरुद्ध सबै एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय