काठमाडौ,२४ पौष । माओवादीले २०५२ साल फागुन १ गते बन्दुक पड्काएर सुरू गरेकाे जनयुद्धलाइ हाल पनि हरेक फागुन १ गते जनयुद्ध दिवसकाे रूपमा मनाउदै अाएकाे छ । तर यहि दिन पारेर नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईंले तामाको कलशमा दियो बालेर नेपालमा वैदिक सनातन सिहतको हिन्दुराज्य खोज्ने अभियान सुरु गर्ने हुनुभएकाे छ ।
वैदिक हिन्दु सनातन सहितको हिन्दुराज्यको माग गर्दै फागुन १ देखी मेची पुलबाट अभियान सुरु गर्ने प्रसाईंले बताउनुभयाे । सनातन हिन्दुराज्यको माग सहित देशव्यापी रुपमा चलाइने अभियान सुरु गर्नका लागि मेची पुलमा फागुन १ गते नेपालमा सनातन हिन्दुराज्यको माग गर्ने सम्पुर्णलाई उपस्थितिको लागि आग्रह समेत गरिएको छ । प्रसाईंले यो अभियानमा नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व राजा सहित राज परिवारलाई नागरिकको हैसियतले राष्ट साथै धर्म जोगाउन सो अभियानमा जोडिन आग्रह गर्नुभएकाे छ । उहाँले माओवादी प्रति आक्रोश व्यक्त गर्दै भन्नुभयाे “२०५२ साल फागुन १ गते स्कुल पढाउने शिक्षकलाई काटेर बम पड्काएर माओवादीले जनयुद्ध सुरु गर्यो । तर मैले देशमा हत्याहिंसा गरेर होइन शान्तिपूर्ण ढंगले पनि परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिन तामाको कलशमा दियो बालेर वैदिक सनातन सहितको हिन्दुराज्य कायम गर्ने अभियान सुरु गर्न लागेको हु ।”
नेपाल परिवर्तनको लागि संघीयता समेत बाधक बनेको भन्दै यो अभियानले नेपालमा वैदिक सनातन सहितको हिन्दुराज्य कायम गर्ने, संघीयता खारेज गर्ने, समानुपातिक प्रणाली खारेज गर्ने, पिछडिएको बर्गका आधारमा आरक्षण प्रदान गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, देशमा बेचिएका कल कारखाना फिर्ता गरि पासपोर्टको खेती बन्द गर्ने र बैंकको ब्याजदर ६ प्रतिशतमा झार्ने लगायतका एजेन्डामा केन्द्रित हुने प्रसाईंले बताउनुभयाे ।
बैंक तथा बित्तिय सस्थाको चर्को ब्याजदरको कारण व्यावसायीमा परेको प्रभावको बिसयमा सनिवार काठमाडौको होटल उड्ल्यान्डमा कन्स्टिच्युशनल फोरम अफ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईंले यस्तो घोषणा गर्नुभएकाे हाे । बैंकको चर्को ब्याजदर विरुद्ध देशव्यापी अभियानको सुरुवात गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रसाईंले देशमा धर्म हराएपछी देश बिनासतिरको बाटोमा जानु बाहेक अरु विकल्प नभएको भन्दै अब नेपाललाई सनातन सहितको हिन्दुराज्य घोषणा गर्न ढिलाइ गर्न नहुने तर्क राख्नुभयाे । उहाँले भन्नुभयाे “माओवादीले जून दिन बन्दुक पड्काएर धर्मको नास गर्न सुर गर्यो मैले त्यसै दिन तामाको कलशमा दियो बालेर यो देशमा हिन्दुराज्यको अभियान सुरु गर्नेछु ।” मेची पुल बाट सुरु भएको अभियान काठमाडौ सहित देशका विभिन्न ठाउँमा पुग्ने उहाँको धारणा छ ।
ऋषिमुनि र भगवानहरुले बास गरेको भुमिमा राक्षसहरुले राज गर्न थालेपछि देशको अवस्था झनझन बिग्रदै गएको प्रसाईंको तर्क थियो । धर्म नास हुँदै गएपछि देशमा रहेका युवायुवतीहरु विदेसीन बाध्य भएका छन् भने देशमा भ्रष्टाचार समेत बढ्दै गएको तर्क गर्दै उनले मानिसलाई सधै अदृश्य कानुनको आवश्यक पर्ने र त्यो अदृश्य कानुन भनेकै धर्म भएको उल्लेख गर्नुभयाे । “हिजोका दिनसम्म लुट्न हुँदैन, अपराध गर्न हुँदैन भगवानले देख्नुहुन्छ भनेर पनि अपराधीक गतिविधि एवम् भ्रष्टाचार कम्ती भएको थियो । अहिले देशमा त्यो अवस्था छैन । ” हरेक धर्मका देश हुँदा बिश्वामा एक मात्र हिन्दुराज्य नेपाल भनेर पहिचान गराउन पनि यो माग आवश्यक रहेको उहाँको तर्क रहेको थियो । उहाँले नेपाल वैदिक सनातन सहितको हिन्दुराज्यको माग गर्ने सबैलाई यो अभियानमा जोडिन समेत आग्रह गरेका गर्नुभएकाे छ ।