विश्व हिन्दू युवा संघ स्याङ्जा द्वारा गौ संरक्षण एबम गौ को महत्त्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७९ माघ २१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युबराज सुवेदी
स्याङ्जा,२१ माघ । विश्व हिन्दू युवा संघ स्याङ्जा द्वारा गौ संरक्षण एबम गौ को महत्त्व विषयक अन्तरक्रिया कार्यक्रम भिरकोट ८ मा सम्पन्न गरेको छ।कार्यक्रमको अध्यक्षता विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नवराज पौडेलले गर्नु भएको थियो।कार्यक्रमको प्रमुख अतिथि भिरकोट नगरपालिका नि वर्तमान मेयर छायाराम खनाल, विशिष्ठ अतिथिमा भिरकोट नगरपालिका उप मेयर भगबती रेग्मी अर्याल,नगर प्रवक्ता एबम वार्ड न १का वार्ड अध्यक्ष दीपेन्द्र केसी,विश्व हिन्दु महासंघ भिरकोट का अध्यक्ष एबम भिरकोट ८ का वार्ड अध्यक्ष नन्दलाल खनाल,विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य एबम वालिङ (११ का वार्ड अध्यक्ष डण्ड पानी पंगेनी,विश्व हिन्दू युवा संघ स्याङ्जाका प्रवक्ता हरी रेग्मी,जिल्ला सदस्य बबिन पाठक,स्थानीय आमा समुह ,गौशालाका अध्यक्ष,बौदिक वर्ग लगायत को उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि छायाराम् खनालले गाईको महत्त्व को बारेमा चर्चा गर्नु भएको थियो।उहाँले गाईको धार्मिक रुपमा मात्र नभई गाईको धेरै ठाउँमा उपयोगिता रहेको कुरा बताउनुभएको थियो।गाईको मुत्रले धेरै रोगको निवारण गर्ने र यसको दूधको धेरै नै महत्त्व भएको कुरा बताउनु भएको थियो।उहाले आफ्नो गाउँ बनाउन सबै जना लाग्नु पर्ने र गौशलाको लागि हामी आफै कसिन पर्ने बताउनु भएको थियो।विश्व हिन्दु युवा संघलाइ धेरै नै राम्रो कार्यक्रम गरेको भन्दै प्रशंसा गर्नु भएको थियो। उप मेयर अर्यालले पनि गाईलाई हामीले लक्ष्मीको रुपमा पुज्ने र यसको धेरै नै महत्त्व रहेको कुरा बताउनुभएको थियो।उहाले आफ्नो तर्फ आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।

कार्यक्रममा विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गाई संसारको माता रहेको र गाईको आयुर्वेदमा ३६ हजार सूत्र भएको यसलाई हामीले चिन्नु पर्ने कुरा बताउनु भएको थियो।गौशाला र संरक्षण गर्न विश्व हिन्दू युवा संघ सधैं लागि पर्ने कुरा बताउनु भएको थियो।अब छिट्टै नै गौ संरक्षणका लागि आफू हरु जिल्ला व्यापी लाग्ने कुरा बताउनु भएको थियो।

साथै कार्यक्रममा नि वर्तमान मेयर खनाललाई विश्व हिन्दू युवा संघ स्याङ्जाले गौ संरक्षण आफू मेयर हुँदा र अहिले पनि गरेको काम प्रति सम्मान गरेको छ। कार्यक्रममा नगर प्रवक्ता दीपेन्द्र केसी,वार्ड न (८ का वार्ड अध्यक्ष नन्द लाल खनाल,वालिङ (११ का वार्ड अध्यक्ष डण्ड पानी पंगेनी,गौशाला का अध्यक्ष लगायतले मन्तब्य राख्नु भएको थियो।कार्यक्रमको स्वागत मन्तब्य जिल्ला प्रवक्ता हरी रेग्मीले राख्नु भएको थियो भने कार्यकमको सञ्चालन विश्व हिन्दु महासंघ भिरकोट उपाध्यक्ष विष्णु काफ्ले ले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय