स्याङ्जामा रोकि राखेको ट्याक्टर रातिमा एक्कासि गुड्यो, एकको मृत्य

२०७८ आश्विन १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कृष्ण बस्याल 

असोज १५ स्याङ्जा । आँधिखोला गाउँपालिका वडा नं. ५ बरको बोटमा रोकि राखेको ट्याक्टर ओरालोमा आफै अगाडि बढ्दा एक महिलाको मृत्यु भएको छ ।

बिहिवार साझ करिब साढे पाँच बजेको समयमा बाटोमा रोकि राखेको ट्याक्टर एक्कासि गुडेपछी आँधिखोला गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ४५ की पैदल यात्री माया बि.क. लाई ठक्कर दिएको स्याङ्जा प्रहरीले जनाएको छ । ठक्करबाट घाइते हुनुभएकी बिकको गण्डकी अस्पतालमा उपचारको क्रममा करिब सातबजे मृत्यु भएको हो ।

ठक्कर दिने ग. १ त. ३१७८ नम्बरको ट्याक्ट्रर र चालक ओखलढुङ्गा मानेभञ्याङ गाउँपालिका वडा नं. ४ स्थायी बसोबास भई स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २७ को अनिल राई प्रहरीको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय