स्याङ्जाको वालिङमा आँखा पाक्ने रोगबाट बढि बालबालिका संक्रमित , चार दिन विद्यालय बन्द

२०८० श्रावण २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, २५ साउन । स्याङ्जामा आँखा पाक्ने रोग फैलिएपछि वालिङ नगरपालिकाले विद्यालय बन्द गरेको छ । आँखा पाक्ने रोगबाट बढि मात्रामा बालबालिका संक्रमित भएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको हो ।

वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले विद्यार्थीहरुमा आँखा पाक्ने रोग फैलिएपछि विद्यालय बन्द गरिएको जानकारी दिनुुभयो । वालिङमा रहेका आँखा उपचार केन्द्रमा आँखाको उपचार गराउन आउने बिरामीमध्ये ७० प्रतिशतमा सङ्क्रमण भएको उल्लेख गर्नुुभयो ।

शुक्रबारबाट शुरु भएको विद्यालय आगामी सोमबारसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुुभयो । संक्रमणलाई थप फैलिन नदिन विद्यालय बन्द गरिएको शर्माले बताउनुुभयो ।

जिल्ला आँखा उपचार केन्द्र वालिङका प्रमुख तेज गुरुङले आँखा पाक्ने समस्या लिएर आउने मध्ये धेरै बालबालिका रहेको बताउनुुभयो । गुरुङका अनुशार पछिल्लो दुई तीन दिनमा मात्रै आँखाका बिरामीको संख्या एक सयको हाराहारीमा रहेको छ । जसमा प्रायः सबै विद्यार्थीहरु रहेका छन् ।

आँखा पाक्ने रोग सरुवा रोग भएकाले विद्यालय बन्द गरेर भएपनि नियन्त्रणको प्रयास गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विद्यार्थीहरुलाई घरमै बसेर रोग नियन्त्रणमा सहयोग पु¥याउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय