धादिङमा सप्ताहव्यापी रेविज विरुद्धको निशुल्क खोप अभियान

२०८० आश्विन ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साबित्री अधिकारी

धादिङ,६ असोज । बिश्व रेविज दिवसको अवसर पारेर धादिङमा सप्ताहव्यापी रेविज विरुद्धको निशुल्क खोप अभियान सुरु गरिएको छ ।

असोज ११ गते परेको विश्व रेविज दिवसको सन्दर्भ पारेर भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धादिङले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको प्रमुख सर्मिला कुमालले जानकारी दिनुभयाे ।

शुक्रवारबाट शुरु भएको शिविर असोज ११ गतेसम्म चल्ने कार्यालय प्रमुख कुमालले जानकारी दिनुभयाे । उहाँका अनुसार जिल्ला भित्र रहेका कुकुर र बिरालोमा रेविज रोग बिरुद्धको निशुल्क खोप कार्यक्रम शुरु भएको हाे । प्रमुख कुमालले भन्नुभयाे ‘अन्य बेला खोप लगाउँदा ८० रुपैया तिर्नुपथ्र्यो शिविर अवधिभर आउँदा राजश्व वापतको २५ रुपैया मात्र तिरे पुग्छ ।’

आफूले पालेको कुकुर बिरालोलाई खोप लगाई रेविजबाट सुरक्षित रहन कार्यालयले सबैमा आग्रह गरेकाे छ । असोज ११ गते धार्चे गाउँपालिकामा पशु स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय