नेपालका भूकम्प प्रभावितलाई सहयोग गर्न भारत तयार छ : मोदी

२०८० कार्तिक १८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १८ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्नुभएकाे छ ।

आज सामाजिक सञ्जालमार्फत उहाँले भारत नेपाली जनताको दुखमा सँगै उभिन तयार रहेको भन्दै पीडित तथा प्रभावितलाई सहयोग गर्न तयार रहेको बताउनुभयाे ।

उहाँले लेख्नुभएकाे छ – ‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । भारत पीडामा रहेका नेपाली जनतालाई हर सम्भव सहयोग गर्न तयार छ। शोक सन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय