नेपालका भूकम्प प्रभावितलाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ : दूतावास

२०८० कार्तिक १८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १८ कात्तिक । नेपालस्थित संयुुक्त राज्य अमेरिकी दूतावासले गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गरेको छ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ः४७ बजे गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । भूकम्पका कारण हालसम्म एक सय ३८ जनाको ज्यान गइसकेको छ भने ठूलो मात्रामा भौतिक क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय