बालकुमारी घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने : प्रधानमन्त्री प्रचण्ड

२०८० पुष १४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १४ पुस। सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरुको प्रयोेग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिनुभयो।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसी)को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले इपिएस कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो यदिेत्र हुँदै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार सवारी साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग पनि उक्त घटनाका सम्बन्धमा छलफल गरिएको जानकारी दिनुभयो। त्यस्तै उहाले वैदेशिक रोजगारीका विषयमा आफूहरु संवेदनशील रहेको जिकिर गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको ध्यान आर्थिक अवस्था सुधार गर्दै मुलुकको समृद्धि र सुशासनमा केन्द्रीत रहेको बताउनुभयो ।

आगामी दिनमा समेतदेश निर्माणका आधारभूत र निर्णायक शक्तिका रुपमा रहेका श्रमजीवी वर्ग र उनीहरूका प्रतिनिधि संस्था ट्रेड युनियन ले उठाएका बिषयलाई अधिकतम सम्बोधन गर्नक्रियाशील रहने उहाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय