गल्याङ नगर समाज युएईको अध्यक्षमा श्याम भुसाल निर्वाचित

२०८१ बैशाख १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युएई,१७ बैशाख । गल्याङ नगर समाज युएईको आइतबार सम्पन्न तेस्रो अधिबेशनबाट श्याम भुसालको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

आइतवार वर दुबई स्थित हेरेटेज भिलेज होटेलमा सम्पन्न भएको गल्याङ नगर समाज युएईको बरिस्ठ उपाध्यक्षमा प्रकाश भण्डारी उपाध्यक्षमा जमुना चापागाईं महासचिवमा नवित न्यौपाने कोषाध्यक्षमा भूपराज अर्याल,सह कोषाध्यक्षमा उमा पोख्रेल सचीवमा मणि प्रसाद खनाल र सदस्यहरुमा अशोक खनाल,नेत्र अर्याल,कृष्ण बस्याल,तेज प्रसाद बस्याल,बाल कृष्ण भट्टराई,प्रकाश भट्टराई,दिपा सुवेदी,सुनिता पाण्डे खनाल,टेकलाल खनाल र रमेश प्रसाद खनाल रहनु भएको छ । त्यस्तै समाजको प्रवक्तामा कृष्ण बस्याल रहनु भएको छ ।

गल्याङ नगरपालिका प्रमुख गुरु भट्टराईको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख भट्टराईले आफू उज्यालो गल्याङ बनाउन दत्तचित्त भएको लागेको भन्दै त्यसको लागि सबैको सुझाव आवश्यक रहेको बताउनुभयो । देशमा बुढाबुढी र केटाकेटी मात्रै भएको भन्दै दक्ष जनशक्ति बिदेश पलायन हुँदा देश विकासमा अप्ठ्यारो परेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार