फुङ्लिङ, २३ पुुस । नेपाली कांगे्रसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज आयोजना गरेको कार्यक्रममा उहाँले समाज रुपान्तर नभएसम्म देश विकास सम्भव नभएकाले शिक्षा स्वास्थ्यमा लगानी गर्नुपर्ने उहाँको तर्क थियो ।
समाज रुपान्तरण नभएको कारणले दिनदिनै अपराधिक घटना वृद्धि हुने क्रम बढ्दै गएको महामन्त्री शर्माले बताउनुभयो । विकासका नाममा सडक, भवन निर्माण, बाटो, खानेपानीजस्ता विषयमा सरकारले लगानी गरेकाले समाजमा परिर्वतन आउन नसकेको शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो काम गर्न नेपालमा जन्म लिएका हौँ । पाथिभराको काखमा जन्म लिएका हौँ ।