स्याङ्जामा दश विद्यालयको नतिजा शुन्य

२०८१ असार १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,१७ असार।  गत साता प्रकाशित गरेको एसईई परीक्षाको नतिजामा स्याङ्जाका १० विद्यालयको नतिजा शुन्य आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिएको एसईई परिक्षाको नजितामा जिल्लाका ८ पालिकाका १० विद्यालयहरुका कुनै पनि विद्यार्थी उत्र्तिण हुन सकेनन् । गत चैत्रमा जिल्लाका सामुदायीक तथा संस्थागत गरी १६९ विद्यालयका ४ हजार ७२ जनाले एसईई परीक्षा परीक्षा दिएका थिए ।

११ पालिका रहेको स्याङ्जामा वालिङमा एक विद्यालय, पुतलीबजारमा तीन विद्यालय, भीरकोटमा एक विद्यालय, गल्याङमा एक विद्यालय, चापाकोटमा एक विद्यालय, आँधीखोला, अर्जुनचौपारी र विरुवा गाउँपालिकाका एक—एक विद्यालयले एसईई परीक्षामा नतिजा शुन्य ल्याएका हुन् । नजिता शुन्य ल्याउने सबै सामुदायिक विद्यालय हुन् । शुन्य नजिता ल्याउने १० विद्यालयबाट १ सय ४२ विद्यार्थीले एसईई दिएका थिए । सरकारले लगानी गरेका विद्यालयको नतिजा शुन्यमा आएपछि सम्वन्धित विद्यालयका अभिभावकहरु असन्तुष्ट जनाएका छन् ।

यो बर्षको एसईई परीक्षामा स्याङ्जामा सामुदायीक विद्यालयमा भन्दा संस्थागत विद्यालयले राम्रो नतिजा दिन सफल भएका छन् । तर चार जिपीए ल्याउने एकमात्र विद्यार्थी भने सामुदायीक विद्यालयकै रहेका छन् । परीक्षाको नतिजा नराम्रो आउनुमा बढी शिक्षकहरुले राजनीति गरेको कारण मानिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजामा चित्त नबुझेमा १५ दिनभित्र अनलाईन माध्यमबाट पुर्नयोगका लागी आवेदन दिन पाईने व्यवस्था मिलाएको छ । जिल्लाबाट ४ हजार ७२ विद्यार्थी मध्ये १ हजार ७ सय २२ जना विद्यार्थी एसईईमा उत्तिर्ण भएका थिए । राष्ट्रिय परिक्षा बोर्डले यस वर्ष पहिलो पटक नयाँ लेटर ग्रेडिङ प्रणालीबाट एसईईको नतिजा सार्वजनिक गरेको थियोे । यो प्रणालीबाट नतिजा प्रकाशित गरेपछि सरकारी विद्यालयका शिक्षकहरुलाई चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय