गल्याङका पुर्व वडा अध्यक्ष होस्टेल व्यवसायमा

२०८१ असार २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कल्पना भट्टराई

काठमाडौ,२१ असार । राजनैतिक तथा सामाजिक क्षेत्रमा लामो समयमा बिताउनु भएका गल्याङ नगरपालिका वडा नम्बर ९ का संस्थापक वडा अध्यक्ष हरी खनालले काठमाडौमा होस्टेल व्यवसाय संचालन गर्नुभएको छ ।

काठमाडौ महानगरपालिका कालिकास्थान,डिल्ली बजारमा महिलाहरुका लागि होस्टेल संचालनमा ल्याउनु भएको हो । पुरातात्त्विक कलाले भएको भवनमा विगतमा लामो समय देखि संचालनमा रहेको कुश्मा देवि गल्स होस्टेल असार १ गतेदेखि खनालले संचालन गर्नुभएको हो ।

५६ जना क्षमता भएको उक्त होस्टेल महिलाहरुको सुरक्षीत होस्टेलका रूपमा चर्चा कमाउदै आएको छ । उक्त होस्टेल अहिले पुर्व वडा अध्यक्ष हरी खनालले खरीद गरि संचालन गर्नुभएको हो ।

सामाजिक क्षेत्रमा सक्रिय रहदै आउनु भएका खनाल पछिल्लो समय व्यवसायमा जोड दिनु भएको छ । तत्कालीन अवस्थामा स्याङ्जा जिल्लाको पकवादी गाबिस हुँदा २०५१ सालमा गाविस अध्यक्षमा निर्वाचित हुनुभएका खनाल त्यस लगत्तैको २०५६ सालको निर्वाचनमा पनि गाविस अध्यक्ष निर्वाचित हुनुभएको थियो ।

सामाजिक क्षेत्रमा निरन्तर लागी रहने खनाल नयाँ संविधान संगै बनेको संघीयता पछि बनेकाे गल्याङ नगरपालिका ९ को वडा अध्यक्षमा निर्वाचित बन्नु भएको हो । तत्कालीन अवस्था पकवादी गाविस लगायत सहित बनेको गल्याङ नगरपालिका ९ बनेकाे थियाे ।

राजनीति गर्नेहरु सधै राजनीति क्षेत्रमा सक्रिय हुनुपर्छ भन्ने चलन रहेको समाजमा तीन पटक जनप्रतिनिधि बनेर हाल व्यवसायी बन्नु भएका खनालको यो कदमलाई राजनैतिक क्षेत्रमा लागेका सबैले सिको गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय