सिद्धार्थ राजमार्गको स्तर उन्नति हुनेगरी गण्डकी त्रिभुज योजना अगाडि बढ्छ : प्रधानमन्त्री ओलि

२०८१ श्रावण ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,८ असार । सिद्धार्थ राजमार्गको स्तर उन्नति हुनेगरी गण्डकी अर्थिक त्रिभुज योजना साउन बाटै संचालन हुने भएको छ । भरपुर-बुटवल-पोखरा-मुग्लिन-भरपुर एकीकृत विकासको अवधारणा अनुरुप नमुना विकास अभियान संचालन गर्नेगरी योजना अगाडि बढेको प्रधानमन्त्री केपि शर्मा ओलिले जानकारी दिनुभयो ।

यस योजना बाट यातायात क्षेत्रको मात्र नभएर औद्योगिक विकास संगै उर्जा क्षेत्र,कृषि क्षेत्र तथा पर्यटन क्षेत्रको विकास संगै रोजगारीका क्षेत्रको विकास हुने लक्ष्य सरकारले लिएको उहाँले जानकारी दिनुभयो । त्रिभुज योजना अन्तर्गत पर्ने सिद्धार्थ राजमार्गलाई दुई लेनमा स्तर उन्नति गर्न बजेट विनियोजन समेत गरिएको प्रधानमन्त्री ओलिले जानकारी दिनुभयो । उहाँले सिद्धबाबाको सुरुङ्ग मार्गको काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो ।

सोमबार संसदमा प्रश्न उत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलिले यस्तो बताउनु भएको हो । नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री स्याङ्जाका सांसद धनराज गुरुङले उठाउनु भएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलिले सिद्धार्थ राजमार्गको स्तर उन्नति हुनेमा ढुक्क हुन आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय