कमल पंगेनी स्मृति प्रतिष्ठानले गर्‍यो शालीक स्थापनाको लागि शिलान्यास कार्यक्रम

२०८१ श्रावण २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

राजनप्रसाद पौडेल
स्याङ्जा,२० साउन । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति संविधानसभाका सदस्य शालीन भद्र एवं लोकप्रिय नेता स्वर्गीय कमलप्रसाद पंगेनीको छैटौं स्मृति दिवसका दिन आज उहाँको सम्झनामा  शालीक स्थापनाको लागि शिलान्यास कार्यक्रम भएकाे छ ।

 कमल पंगेनी स्मृति प्रतिष्ठान र भीरकोट नगरपालिकाको सहकार्यमा भीरकोट  १ स्थित बयरघारी आँधीखोलाको किनारमामा रहेको मोटरेबल पुलको मुखमा शालिक राख्ने गेटको शिलान्यास कार्यक्रम आज एक समारोहका बिच शिलान्यास कार्यक्रम सम्पन्न भएको हाे । सो शिलान्यास गरेपछि प्रमुख अतिथि भीरकोट नगरपालिका प्रमुख गोविन्दकुमार कर्माचार्यले कमल पंगेनी जनताको समस्या बुझ्न सक्ने लोकप्रिय नेता भएको र स्मरण क्षमता भएको विकासप्रेमी नेता थिए भन्दै उनको चर्चा गरेका थिए ।

सो कार्यक्रममा नेपाली कांग्रेसका नेता भीरकोट नगरपालिकाका पूर्व मेयर छायाराम खनालले कमल पंगनी उदयीमान नेता अन्तरपार्टीले समेत रुचाएका नेता भएको उल्लेख गरेका थिए । कार्यक्रमलाई कमल पंगेनी स्मृति प्रतिष्ठानकि सदस्य सुनिता उचै ठकुरीले स्वागत मन्तव्य दिएकी थिईन भने संचालन नेपाली कांग्रेस भीरकोटका सचिव एवं भीरकोट ( ८ का वडा अध्यक्ष नन्दलाल खनालले गरेका थिए । सो कार्यक्रमको समापन कमल पंगेनी स्मृति प्रतिष्ठानका अध्यक्ष लिला पङ्गेनीको सभापतित्वमा सम्पन्न भएकोे थियोे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय