बंगलादेश , २१ साउन । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना सवार जहाज भारतको उत्तर प्रदेशमा अवतरण गरेको छ ।
बंगलादेशी सेनाको यो जहाज स्थानीय समयअनुसार ५.३६ बजे उत्तर प्रदेशको गाजियावादस्थित हिन्डन एरयबेसमा अवतरण गरेको हो ।
यो जहाज भारतको राजधानी नयाँदिल्लीमा अवतरण गर्ने बताइएको थियो । तर कडा सुरक्षाबीच उत्तर प्रदेशको गाजियावादस्थित भारतीय सेनाको हिन्डन एयर बेसमा अवतरण गरेको हो।
ढाकाबाट भागेकी उनी भारतको त्रिपुरा राज्यमा अवतरण गरेको चर्चा थियो । तर उनी सवार जहाज अहिले भारतीय राज्य बिहारबाट पनि पश्चिमतर्फ लागेर उत्तर प्रदेशको गाजियावादमा अवतरण गरेको हो ।
भारतीय एयरफोर्सका वरिष्ठ अधिकारीले शेख हसिनाको स्वागत गरेका छन् । शेख हसिनालाई बोकेको सी १३० जे विमान दिल्ली नगई सेनाको एयरबेसमा बसेको हो ।
एजएएक्स१४३१ कलसाइन भएको बंगलादेशी सेनाको सी-१३० जहाजलाई भारतीय सुरक्षा एजेन्सीले कडा निगरानीमा राखेका थिए ।