पूजा खड्का
स्याङ्जा,१ भदौ । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसको क्रियाशील सदस्यता परिचय पत्र वितरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पूर्व प्रदेश सांसद नेपाल तरुण दलको जिल्ला सभापति भागवत प्रकाश मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भागवत प्रकाश मल्लले समग्र स्याङ्जा जिल्लाको विकासको लागि कांग्रेस लागि परेको बताउनुभयो। देशमा भएका विविध विकासमा कांग्रेस जोडिएको र विविध परिवर्तनमा कांग्रेसको ठूलो हात रहेको जानकारी गराउँदै भूगोलको हिसाबमा पछि परेको चापाकोट नगरको विकासको लागि आफूहरु लागि परेको जानकारी गराउनुभयो। चापाकोट क्षेत्रको लागि मिर्दि, दार्सिङ भिमाद सडक , चापाकोट दारसिङ , विरुवा पोखरा सडक खण्ड , ज्याग्दी करिडोरलाई प्राथमिकतामा राखेर अघि बढ्ने जानकारी गराउनुभयो। हरेक परिवर्तनमा अघि रहेको कांग्रेस विकाससँग जनताका समस्या सङ्ग जोडिएको कांग्रेसमा ढुक्क भएर अघि बढ्न सबै जनालाई आग्रह गर्दै क्रियाशील सदस्य लिनुहुने सम्पूर्णलाई विशेष धन्यवाद भन्दै इमान्दार भएर समाजमा भएका समस्या समाधानमा उर्जाशील भएर अघि बढ्न अनुरोध गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव दामोदर लम्सालले प्रजातान्त्रिक आन्दोलन, द्धन्द्ध व्यवस्थापनमा मुख्य भूमिका खेलेको कांग्रेस समग्र विकासमा जोडिएको हुँदा ढुक्क भएर कांग्रेसमा अघि बढ्न आग्रह गर्नुभयो। २०४८ सालबाट बामपन्थी माओवादीका कारण देशमा विकासले गति लिन नसक्दा अहिले देश समस्यामा रहेको बताउँदै विकासको पक्ष धर कांग्रेसमा खुलेर अघि बढ्न सबै जनालाई आग्रह गर्नुभयो।
त्यसैगरी चापाकोट नगरका पार्टी सभापति विक्रम सारुले कांग्रेस विकासमा जोडिएको हुँदा कांग्रेसमा अघि बढ्न आग्रह गर्नुभयो। त्यसै गरी नेपाल शिक्षक सङ्ग जिल्ला सभापति पशुपति पौडेलले कांग्रेस विकासमा लागिरहेको छ भने शिक्षक सङ्ग पनि कांग्रेसको अभियानमा साथ दिँदै अघि बढेको जानकारी गराउनुभयो। चापाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन खाण ले कार्यक्रम मा बोल्दै वडा मा भएका गतिविधिका बारेमा र समस्या का बारेमा उजागर गर्नुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य गीता खाण, क्षेत्रीय प्रतिनिधि विष्णु गिरी,चापाकोट नगरपालिका वडा नम्बर ३ का पार्टी सभापति कृष्ण प्रसाद ज्ञवाली लगायत कांग्रेस प्रेमी स्थानियहरुको सहभागिता रहेको जिल्ला सचिव दामोदर लम्सालले जानकारी गराउनुभयो। कार्यक्रम चापाकोट नगरपालिका वडा नम्बर ४ का पार्टी सभापति नारायण राज पौडेल को अध्यक्षता मा सुरु भएको उक्त कार्यक्रम पार्टी सचिव भीम बहादुर थापा ले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमको सुरुवात सभाका सभाध्यक्ष नारायण राज पौडेलले पार्टीको बारेमा केन्द्रको परिपत्र र जिल्लाको निर्देशन अनुसार पार्टीमा भएका विषयमा उल्लेख गराउँदै नेपाली कांग्रेस विकास निकासमा अघि बढेको पार्टी भन्दै कार्यक्रम सुरु भएको थियो भने सहभागी सम्पूर्ण लाई विशेष धन्यवाद ज्ञापन गर्दै कांग्रेस मा ढुक्क भएर अघि बढ्न आग्रह गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।