हिमाल न्यौपाने
स्याङजा,भदौ १३ । पछिल्लो समय स्याङजामा सकृय रुपमा कलम चलाउने पत्रकारहरु नयाँ नयाँ योजनाका साथ काम गरीरहेका छन । स्याङजाको तेस्रो ठुुलो बजारको रुपमा चिनिने गल्याङका पत्रकारहरु एकजुट हुन थालेका छन । महिला हरुको हरीतालीका तिजको अवसरका बुधवार गल्याङका पत्रकार हरुले सामुहिक दर खाएका छन ।
हेर्नेकुरा डटकम,लक्ष्मी टेलिभिजन,गल्याङ एफ,एम,हिमाल डिजिटल र गल्याङ पोस्ट को संयुक्त आयोजनामा दर खाने कार्यक्रममको आयोजना गरीएको हो । कार्यक्रम लक्ष्मी टेलिभिजन संचालन ददीराम पाण्डे सभापतित्वामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा प्रमख अतिथिको रुपमा नेपाल पत्रकार महासंग स्याङजा स्याङजाका अध्यक्ष श्रीकृष्ण शिक्देल रहनु भएको थियो । त्यसैगरी बिसिष्ट अतिथिमा गरिमा विकास बैकका अध्यक्ष श्याम प्रसाद बस्याल,नेपाल पत्रकार महासंग स्याङजा स्याङजाका महासंघ उपाध्यक्ष राधाकृष्ण डुम्रे र गल्याङ प्रहरी चौकीका प्रमुख रहनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्दब्य दिदै नेपाल टेलिभिजन जिल्ला संवादाता हिमाल न्यौपानेले गल्याङका हरेक पत्रकार फरक मिडियामा आवद्ध भएतापनी सबै यकै ठाउँमा रहेको संदेश दिन दर खाने कार्यक्रम गरेको बताउनुभयो । त्यसैगरी स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय सदस्य टिकाराम अधिकारीले बिगत केहि बर्ष अगाढी गल्याङमा सकृय पत्रकार नहुदा सबैले स्याङजाको कर्णली भन्ने गर्दथे तर पछिल्लो समय पत्रकारको उदय भएपछी काम गर्न धेरै सहज भएको बताउनुभयो । कार्यक्रमा बिशिष्ठ अतिथि राधाकृष्ण डुम्रेले गल्याङका पत्रकारले गरेको काम उदाहरणीय भएको र महासंगले पनि यस्ता खालका कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले आगामाी दिनमा गल्याङका कलम चलाउने पत्रकार हरुलाई हरेक क्षेत्रमा अगाढी लानका लागी सहयोग गर्ने बताउनुभयो । कार्यक्रममको संचालन गल्याङ एफएमका संचालन केपि खनालले गर्नुभयो थियो ।