भिरकोट नगर क्षेत्री समाजले तीजको अवसरमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम

२०८१ भाद्र १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

पूजा खड्का
स्याङ्जा, १६ भदौ । स्याङ्जा जिल्ला भिरकोट नगरपालिकामा रहेका क्षेत्री समाजले तीजको अवसर पारेर तीजको दरको साथमा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार भिरकोटको बगरे बजार जाने बाटोको पुलको मुखमा क्षेत्री समाजको जग्गा भएको ठाउँमा भब्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रममा संघीय सांसद तथा संविधान सभाका सदस्य राजु थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका संघीय सांसद तथा संविधान सभाका सदस्य थापाले क्षेत्री समाज नेपाल देशमा बेथितिको अन्त्य गर्न आफ्नो जातिको मात्र नभइकन समाज र देशमा भएको बेथिति विचलन को अन्त्य गर्नको लागि अघि बढेको जाती भएको देश विखण्डन हुन लागेको समय देशमा अराजक गतिविधि र जातीय राज्यको अन्त्य गर्नको लागि आन्दोलन गरेर देशको अस्तित्व राख्न सक्षम भएको जाती हो । आन्दोलन मार्फत संविधान निर्माण को क्रम मा जातीय सवाल उठेको विषयमा अखण्ड राज्य निर्माण मा निर्णायक भूमिका खेल्न सक्षम जाती सावित गर्न अघि बढेको जानकारी गराउनु भयो।

त्यसैगरी उहाले तीज को सन्दर्भ जोड्दै संविधानमा महिला लाई ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको छ संविधान महिला मैत्री बनेको छ तर महिला हरु एक दुई जना मात्र माथि पुग्न सक्षम रहेको जानकारी गराउनुभयो । त्यसै गरी संविधान मा समान अधिकार र सुधार गर्नुपर्ने धेरै विषय माथि छलफल गरी सविधान मा आवश्यक छुट भएका विषयलाई प्राथमिकतामा राखेर कमी कमजोरी सुधार गर्दै अघि बढ्न आवश्यक रहेको जानकारी गराउनुभयो। जनता तात्यो भने शक्तिशाली राज्य पनि परिवर्तन गर्न सकिने धारणा राख्दै सकारात्मक कार्य समाज र राष्ट्रको लागि लड्न सक्नुपर्छ भन्ने बताउनुभयो। त्यसै गरी उहाले दुई तिहाई भन्दा बढी खर्च चलायमान रहेको हुँदा एक तिहाईले मात्र विकास गर्न सम्भव नभएको हुँदा पालिका प्रदेश र संघमा मेयर उपमेयरको संख्या प्रदेश र संघमा सांसदको संख्यामा कमी गराई अघि बढ्नु पर्ने आवश्यकता रहेको जानकारी गराउनुभयो।

देशको अवस्था कमजोर हुनु पढ्नको लागि विदेशिनेको संख्यामा वृद्धि हुँदा युवा जनशक्ति बाहिरिनु दुःखद रहेको हुँदा अभिभाबक ले यस विषय मा गम्भीर भएर अघि बढ्न आवश्यक रहेको विषयमा जानकारी गराउनुभयो। यसरी बोल्दै गर्दा उहाले देश भित्र सान्ति र सुरक्षाको व्यवस्था गर्न सकेको खण्डमा सगरमाथाको देश गौतम बुद्धको देश भनेर देशमा पर्यटकीय सम्भावना बढाउन सकिन्छ । देशको हावापानी निकै राम्रो भएको जानकारी गराउनुभयो। देशमा शान्ति मात्र ल्याउन सक्यो भने पनि देशमा समृद्धि ल्याउन सकिन्छ भन्दै देश मा सुसासन आवश्यक छ यसले सान्ति र सुरक्षा मा अघि बढ्न सहज हुन्छ भन्दै जलस्रोत को देश भएको हुँदा उत्पादन गरेर बेच्न सक्यो भने आर्थिक उपार्जन गर्न सकिन्छ भन्दै उत्पादन मा जोडिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसै गरी उहाले भबन् निर्माण को लागि आफूले सक्दो कोशिश गर्ने जानकारी गराउँदै यसको लागि पहल पनि भएको जनाउँदै भवन ठूलो बनाउन भन्दा खुला बनाएर बढी खर्च नगरौं भन्दै सबै जातिलाई कार्यक्रम गर्न सहज बनाऊ भन्दै क्षेत्री को मात्र नभई अन्य जातिको लागि पनि संरक्षण जातिको रुपमा क्षेत्री जाती रहनुपर्छ । क्षेत्री जाती व्यक्तिगत फाइदाको लागि नभई समाज र राष्ट्रको लागि लड्ने जाती हो भन्दै क्षेत्री हरुलाई काजी भनिएको विषय मा गर्भ गर्नुभयो। त्यसै गरी उहाले खस आर्य संग्रहालयको रुपमा अघि बढाउँदा पर्यटन मन्त्रालय मा जोड दिन सकिने जनाउँदै सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद ज्ञापन गर्दै आफूले सहयोग को लागि लागि पर्ने जानकारी गराउनुभयो। क्षेत्री जाती कसैको डाह गर्दैन राष्ट्र र समाजको अस्तित्व बचाउनको लागि पुर्खा देखि निर्णायक भूमिका खेल्दै अघि बढेको छ भन्दै हामी पनि सकारात्मक विचार लिएर अघि बढ्नुपर्ने धारणा राख्दै तीजको अवसरमा भिरकोट नगरपालिकाले राखेको दर कार्यक्रम मा महिला दिदीबहिनी को खुशीको पर्व रहेको बताउँदै पूर्वीय दर्शन सङ्ग जोडिएको पर्वले दाजुभाइ दिदीबहिनी को सम्बन्ध प्रगाढ बनाउनुको साथै पति पत्नी बीच को सम्बन्ध मा पनि राम्रो भूमिका खेल्ने बताउनुभयो। उहाले धर्म संस्कृति जोगाउनु हाम्रो कर्तव्य रहेको जनाउँदै क्षेत्री समाज कुनै पार्टीको भातृ संगठन र संस्था नभएको बताउँदै स्वच्छ छवि मा अघि बढ्न आग्रह गर्नुभयो। आफूलाई सम्मान का साथ अतिथि को रुपमा उभिन पाउँदा खुशी लागेको व्यक्त गर्दै उपस्थित सम्पूर्ण लाई तीज को शुभकामना व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रममा क्षेत्री समाजकी केन्द्रीय सदस्य महिला नेतृ इन्दिरा तिवारीले घरेलु कपडा सम्बन्धी सिपमुलक तालिम दिएर घरेलु कपडा लाइ प्रोत्साहन गर्न सकिन्छ भन्दै आफ्नो सांस्कृतिक मौलिकता संस्कार को रक्षाको लागि पोशाक लाई प्राथमिकता दिनुपर्छ ।हामीले परिवर्तन गरिने भेषभूषा को लागि हाम्रा दाजुभाइ श्रीमान हरु विदेशिनु परेको हो यसलाई अन्त्य गर्नको लागि र आफूले लगाउने आफ्नो खर्च आफूले कमाउन सक्ने हुन सकियो भने विदेशिनु पर्दैन भन्दै उत्पादन र आर्थिक संकलन मा महिला दिदीबहिनी ले जोड दिनुपर्ने जानकारी गराउनुभयो। उहाले सशक्तिकरणको माध्यम बाट सचेतना जगाउँदै अघि बढ्नुपर्छ भन्दै सिपमुलक तालिम लिएर सिकेको सीपको प्रयोग गर्न जोड दिनुपर्छ विकास गर्न सकिन्छ भन्दै क्षेत्री समाजको संगठन र रक्षा को लागि अग्रज ले गर्नुभएको योगदान प्रति दिवंगत प्रति श्रद्धा व्यक्त गर्दै तीजको सम्पूर्णलाई शुभकामना दिनुभयो।

त्यसै गरी क्षेत्री समाज का केन्द्रीय सदस्य संस्थापक सदस्य भक्त बहादुर केसीले भवन निर्माण को कार्यक्रम भएको हुँदा कमाई हुने सबै जनालाई खुलेर सहयोग गर्न आग्रह गर्दै संघीय सांसद राजु थापालाई पहल गर्न अनुरोध गर्नुभयो र सहभागी सम्पुर्णलाई तीजको शुभकामना व्यक्त गर्नुभयो।

त्यसै गरी भिरकोट प्रवक्ता तथा वडा नम्बर एक का वडा अध्यक्ष दिपेन्द्र केसीले आठ रोपनी जग्गा मा भवन निर्माण गर्न सकिन्छ तर आर्थिक अभावका कारण समस्या परेको बताउँदै संघीय सांसद ले सहयोग गर्न पहल गर्नुहुनेछ भन्दै सबै जनाले सहयोग गरेमा सफल हुन सकिन्छ भन्दै तीजको सम्पूर्ण मा शुभकामना व्यक्त गर्नुभयो। त्यसै गरी निवर्तमान भिरकोट क्षेत्री समाजका अध्यक्ष क्षेत्र बहादुर थापाले सकारात्मक विचार लिएर अघि बढ्नुपर्छ दिल खोलेर सबै जनाले सहयोग गर्न आग्रह गर्दै क्षेत्री समाजको भवन निर्माण कार्यमा लगानी गर्नुपर्छ भएको सम्पत्ति मर्दा केही लगिदैन खाली हात जाने हो भन्दै नाम कमाउन प्रेरित हुनुपर्छ भन्दै भबन निर्माण मा दान गर्नको लागि सबैजनालाई उत्प्रेरित गर्नुभएको थियो। त्यसैगरी भिरकोट वडा नम्बर छ का वडा अध्यक्ष रामकाजी केसी ले भवन निर्माण कार्यक्रम अघि बढ्न आवश्यक रहेको जनाउँदै प्रमुख अतिथिले सहयोग गर्नुहुनेछ र सबैले मिलेर प्रक्रिया अघि बढाउँदा असम्भव नरहेको जानकारी गराउँदै तीजको सम्पूर्ण दिदीबहिनी हरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो। त्यसै गरी वडा नम्बर तीन का वडा अध्यक्ष क्याप्टेन केशर बहादुर खड्का ले सबैले साथ दिए अघि बढ्न सहज हुने बताउँदै संघ मा पहल गर्न अनुरोध गर्दै सफल बन्न सकिने आशाबादी रहेको जानकारी गराउँदै तीज पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा असी वर्ष नाघ्नु भएका अग्रज को लागि सम्मान कार्यक्रम रहेको थियो भने विभिन्न वडा मा रहेका अग्रजहरुको सम्मान गरिएको थियो। राष्ट्रिय अखण्डता र जातीय सदभाव को निम्ति क्षेत्री एकता आजको आवश्यकता भन्ने मूल नाराका साथ सुरुवात गरेको क्षेत्री एकता कार्यक्रम भिरकोट नगरपालिका क्षेत्री समाज का अध्यक्ष मिन बहादुर केसी को अध्यक्षता मा किरण केसीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम मा स्वागत मन्तव्य मिठु अधिकारी ले गर्नुभएको थियो ।कार्यक्रम मा वडा का वडा अध्यक्षहरु, क्षेत्री समाज का विभिन्न वडा का वडा अध्यक्ष हरु सचिव कोषाध्यक्ष नगर सदस्य, क्षेत्री समाज का केन्द्रीय सदस्यहरु संस्थापक सदस्यहरु , आजीवन सदस्यहरु क्षेत्री क्षेत्रिनीहरु लगायतको बाक्लो सहभागिता रहेको थियो भने सबै जना क्षेत्री पोशाकमा सजिनु भएको थियो ।

तीजको गीतमा सामूहिक नाच गर्दै दर खाएर गर्मी मौसममा पनि खुशीका साथ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय