बाल दिवसको अवसरमा स्याङ्जामा बालबालिका समूहको पञ्चेबाजा प्रतियोगिता

२०८१ भाद्र २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल
स्याङ्जा, २८ भदौ । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाले बालबालिका समूहको पञ्चेबाजा प्रतियोगिता सम्पन्न भएको छ।

जिल्लाका विभिन्न स्थानिय तहका १२ वटा समूह सहभागिता रहेको उक्त प्रतियोगितामा स–सना बालबालिकाले विद्यालय पोशाकमा पञ्चेबाजा बजाउदाँ कार्यक्रमको रौनकता बढेको थियो ।

पञ्चेबाजा बजाउदैँ छमछमि नाचेका बालबालिकाले बाल अधिकारको मात्रै कुरा गरेनन् हाम्रो मौलिक संस्कृति, सम्पदा, कलाको संरक्षणमा आफ्नो कर्तव्य हुने र त्यसको लागि आफू सक्षम रहेको प्रमाणित पनि गरेका छन् ।

कार्यक्रमा कालिगण्डकी गाउँपालिकाबाट सहभागि जनता माध्यमिक विद्यालय प्रथम, आधीँखोला गाउँपालिकाबाट सहभागि जनहित माध्यमिक विद्यालय र त्रि–शहिद नमूना माध्यमिक विद्यालय क्रमशः दोस्रो र तेस्रो भएका थिए ।

प्रथम,द्धितीय र तृतीयलाई क्रमश छ हजार , पाँचहजार र चारहजारको साथमा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुनिता नेपालले यस पञ्चेबाजा कार्यक्रमले विद्यार्थीमा भएको बहुआयमिक प्रतिभा प्रस्फुटन भएको र विद्यार्थी हाम्रो संस्कार, सीप, कला र संगीतको संरक्षण गर्न सक्षम हुनुको साथै विद्यार्थीमा थप उत्प्रेरणा हुने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले संस्कृतिको संरक्षण, परम्परागत सीपको पुस्तान्तरण, हाम्रो उत्सव, विवाह र चाडपर्वको लागि पञ्चेबाजाको संरक्षण र आयआर्जन गर्न यस कार्यक्रमले सहयोग गर्ने बताउनु भयो ।

त्रिभुवन आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्ति प्रसाद रेग्मीले सामाजिक विकास कार्यालयले गरेको यस कार्यक्रमले विद्यार्थीमा फरक किसिमको जागरण अभिवृद्धि भएको, बालअधिकार अन्तर्गत आफूले मनपरेको पढाइ , संगीत र संस्कृति बालबालिकाले अनुसरण गर्न पाउनु हो भन्दै उहाँले यस कार्यालयले शिक्षा र सिपको विकास र पुस्तान्तणमा नयाँ आयम थपेको बताउनु भयो । उहाँले हाम्रो लोक पञ्चेबाजाको संरक्षण र सीपको अनुसरण अब विद्यार्थीले गर्न सक्षम रहेको बताउनु भयो ।
जिल्ला बाल सञ्जालका अध्यक्ष सुजता पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन विद्यार्थी दृष्टि शर्मा र युनिक तिवारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय