बज्र एकेडेमीद्वारा आयोजित ‘डाक्टर चिन्तामणि योगीसँग असल अभिभावकत्व’ कार्यक्रम सम्पन्न

२०८१ भाद्र २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,२९ भदौ । बज्र एकेडेमीले ‘डाक्टर चिन्तामणि योगीसँग असल अभिभावकत्व’ नामक विशेष कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा बालबालिकाको समग्र विकासका लागि अभिभावकहरूलाई आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो । डा.योगीले बाल विकासलाई सन्सारको शिक्षा दिने सम्बन्धि कुरामा जोड दिनुभयो ।

कार्यक्रममा थुप्रै अभिभावक, शिक्षक, उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा अभिभावकत्वका विभिन्न पक्षहरू जस्तै भावनात्मक सहयोग, संचार, र सीमाहरूको निर्धारणमा ध्यान केन्द्रित गरिएका कार्यशालाहरू, विशेषज्ञद्वारा सञ्चालित छलफलहरू, र व्यावहारिक सत्रहरू समावेश गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण प्रख्यात डा. चिन्तामणि योगी नेपालका महान विद्वान्स एक नाथ योगी, आध्यात्मिक गुरु, शिक्षाविद् र शान्तिका कार्यकर्ता प्रमुख सम्बोधन थियो । डा. योगीले बालबालिकाको समग्र विकासमा अभिभावकत्वको महत्त्वपूर्ण भूमिका रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “असल अभिभावकत्व केवल अनुशासन मात्र होइनस यो सम्बन्ध, मार्गदर्शन, संस्कार र प्रेमको बारेमा पनि हो ।” उहाँले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई हुर्काउन सन्तुलित दृष्टिकोण अपनाउन आग्रह गर्नुभयो ।

उपस्थित अभिभावकहरूले कार्यक्रमको व्यावहारिक सल्लाह र गहन छलफलको प्रशंसा गर्नुभयाे । एक अभिभावकले भन्नुभयाे, “यो कार्यशालाले हामी अभिभावकहरूको आँखालाई हाम्रा बालबालिकाको महान भलाइको लागि खोलेको छ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय