रास्वपाको प्रदर्शनपछि सहकारी पीडित सडकमा

२०८१ आश्विन ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, ७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि पोखरामा सूर्यदर्शन सहकारीका पीडितहरू पनि सडकमा झरेका छन् । रास्वपाले जिल्ला प्रशासन कार्यालय अगाडी शहिदचोकमा प्रदर्शन गरिरहेका छन् । सोही ठाउँमा सहकारी पीडितहरू पनि नाराबाजीसहित उपस्थित छन् ।

उनीहरुले रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग राखेका छन् ।  रविले गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन गरेको आरोप पीडितहरूको छ । पीडितहरूले प्रशासन कार्यालयको गेट अगाडी प्रदर्शन गरेका हुन् । पीडितले रवि पक्राउको माग गर्दा रविका समर्थकहरूले चाहिँ कुनै हालतमा पक्राउ गर्न नहुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय