अबिरल बर्षाले निम्त्यायाे सिस्नेरी लामाटार भित्र क्षति

२०८१ कार्तिक १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृष्णप्रसाद ढकाल
ललितपुर ,१ कार्तिक । माहालक्ष्मी नगरपालिका वडा नं.९ सिस्नेरी लामाटार ठकुरीगाउँमा गत  आश्विन १० देखि १२ गतेसम्म परेको अबिरल बर्षाले निम्त्याएको आस्वाभाविक बाढी र प्राकृतिक प्रकोपबाट जनधनको क्षति भएको छ ।

आश्विन १० देखि १२ गतेसम्म परेको अबिरल बर्षाले निम्त्याएको आस्वाभाविक बाढी र प्राकृतिक प्रकोपबाट श्रृजित दुःखद जनधनको क्षतिलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थराज्यमन्त्री एवम् प्रभावशाली युवानेता उदय शमसेर राणाबाट स्थानीय जनसमुदाय समेतको बाक्लो उपस्थितिका बीच घटनास्थलको अध्ययन भ्रमण गर्नुभएको हो ।

उक्त अध्ययनभ्रमण अपरिहार्य रहेको बिषयलाई नेपाली कांग्रेस महालक्ष्मी नगरसभापति दिवाकर सिल्वालले हामीसमेतको उपस्थितिमा माहालक्ष्मी नगरपालिका वडानं.९ सिस्नेरी लामाटार सहितको ठकुरीगाउँ क्षेत्रलाई श्रङ्गेरी खोलामा आएको अस्वाभाविक बाढीले गत ०८१ आश्विन १२ गते ५जनाको दुःखद् निधन भएको र बग्दैआएको पहिरोले घरगोठ बगाएको हुँदा यस दुःखद क्षतिबारेमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थराज्यमन्त्री एवम् प्रभावशाली युवानेता उदय शमसेर राणालाई वाँहाकै नीजि निवासमा गई यथार्थ वस्तुस्थिति बारे जानकारी गराउँनु भएको थियो । यति धेरै धनजनको क्षति हुँदापनि महालक्ष्मी नगरपालिका विपद् बाढीग्रस्त क्षेत्र सूचिमा पर्ननसकेकोले बाढीपिडीत परिवारमा राहत व्यवस्थापनमा कठीनाई भएकोहुँदा सो समेतको सम्बोधनकालागि भएको अनुरोध अनुसार केन्द्रीय सदस्य तथा पूर्व अर्थराज्यमन्त्री एवम् प्रभावशाली युवानेता उदय शमसेर राणाले बिहान स्थानीय जनसमुदाय समेतको बाक्लो उपस्थितिका बीच बाढीग्रस्त क्षेत्रको अध्ययन भ्रमण गर्नुभएको हो ।

उक्त अवसरमा ललितपुर महालक्ष्मी नगर उपप्रमुख लक्ष्मी महर्जन, नेपाली कांग्रेस ललितपुर जिल्ला सचिव वाशिष्ट अधिकारी, नेपाली कांग्रेस २नं.क्षेत्रीय सभापति महेश खड्का, नेपाली कांग्रेस महालक्ष्मी नगरसभापति दिवाकर सिल्वाल, नेबिसंघ केन्द्रिय सदस्य रोनिल पौडेल, नेपाल बिद्यार्थि संघ केन्द्रियसदस्य मुकुन्द श्रेष्ठ, नेपाली कांग्रेस नगरसमिति सचिव बिष्णुकुमार चन्द, नेपाली कांग्रेस महालक्ष्मी नगरसदस्य भवानी श्रेष्ठ, नेपाली कांग्रेस महालक्ष्मी सक्रिय महिला सदस्य मिना पाठक, नेपाली कांग्रेस महालक्ष्मी नगर उपसभापति विवेक कार्की, ईतिहासविद तथा संचारकर्मी कृष्णप्रसाद ढकाल, ४नं. इकाई सचिव प्रल्हाद संग्रौला, सुरेन्द्र(कमल)के.सी., ट्रेडयुनियन जिल्ला उपसभापति रामप्रसाद भण्डारी, ट्रेडयुनियन जिल्ला सचिव माधव चन्द, मनोहर बुढाथोकी, स्थानीय राजु राई लगायतको विशाल उपस्थितिमा उक्त बाढीग्रस्त क्षेत्रको अध्ययन तथा अनुगमन भ्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय