रास्वपाले जनतालाई झुक्याएकाे छ : कांग्रेस नेता श्रेष्ठ

२०८१ कार्तिक २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी

स्याङ्जा,२१ कात्तिक । नेपाली काङ्ग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले कांग्रेसले ८४ को चुनावमा कुनै दलसँग पनि गठबन्धन नगर्ने बताउनुभएकाे छ । बुधवार वालिङ उद्योग वाणिज्य सङ्घको सभाहलमा बोल्दै नेता श्रेष्ठले कांग्रेसप्रति जनताको आसा र भरोसा रहेको र त्यही स्वरूप काम गरेको बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै उहाँले भन्नुभयो अहिलेका नयाँ दलहरू लामो समय नरहने र यी दलहरूले जनतालाई भुलाएको ठोकुवा पनि गर्नुभयो । नेता श्रेष्ठले भन्नुभयो ” जनतालाई परेको जस्तोसुकै अवस्थामा पनि नेपाली कांग्रेस आफूसामु रहेको र जनताले चाहेको सबै कांग्रेसले गरेको छ।” जनताको गुनासो र मनमा लुकेको कुराहरू जस्ताको तस्तै केन्द्रसम्म पुर्‍याउने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा दिलिप प्रताप खाण, गण्डकी प्रदेश सभा सदस्य स्याङ्जा क्षेत्र नम्बर २ प्रदेश सभापति महेश भट्टराई ,गण्डकी प्रदेशका पूर्व सांसद महासमिति सदस्य भागवत प्रकाश मल्ल, नेपाली कांग्रेस स्याङ्जा सचिव दामोदर लम्साल, महासमिति सदस्य विष्णु पौडेल,गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराई, गल्याङ उपप्रमुख हेमा न्यौपाने ,लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय