अमोर बालगृहका बालबालिका सँस्कार सिक्न उत्तरवाहिनीमा

२०८१ कार्तिक २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

निशा बस्याल

कार्तिक २३ स्याङजा । अमोर बालगृह बालबालिका सँस्कार सिक्न उत्तरवाहिनीमा पुगेका छन । स्याङजा र पाल्पाको संगम स्थलको रुपमा रहेको धार्मीक क्षेत्र उत्तरवाहीनीमा कार्तिक मासको अबसरमा माता पतिा पुजन एवम् दामोदर महोत्सव संचालनमा छ । बालवालिकालाई संस्कार संगै आवीस्कार र माता पिता लाई गर्ने सँस्कार सिकाउन बालबालिका उत्तरवाहीनी पुगेका हुुन ।

पछिल्लो समय स्याङजा जिल्लालाई सडक बालबालिका मुक्त बनाउने प्रयास थालिएको छ । पूर्वी स्याङजाको फेदीखोला गाउँपालिका १ कटुँजेमा अमोर बालगृह सञ्चालन गरि सहारविहिन सडक बालबालिकालाई आश्रय दिन थालिएको छ ।

२०६८साल देखि संञ्चालनमा आएको बालगृहले स्याङजा सहित पर्वत, गुल्मी, बाग्लुङ ,म्याग्दी,तनहुँ देखि कास्की सम्मका अनाथ तथा सहाराविहिन बालबालिकाहरूले आश्रय पाएका छन् । आश्रित बालबालिकाहरू लाइ पारिवारिक वातावरणमा हेरचाँहको व्यवस्था गरिएको बालगृहकी व्यवस्थापक कमला पराजुलीले बताउनुभयो । ५० जना बालकालिका बस्न सक्ने क्षमता रहेको बालगृहमा हाल ३८ वालबालिका रहेका छन् ।

बालगृहमा बालबालिका सिकाई मात्र नभई सँस्कारी बन्नका लागी पनी प्रेरणा प्रदान होस भन्नका लागी अवलोकन संगै उत्तरवाहीनी धाम लगीएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार