स्याङ्जा,३ मंसिर । नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति पुर्व मन्त्री धनराज गुरुङले संविधान संसोधनको प्रक्रिया अगाडि बढेको बताउनु भएको छ । नेपाली काँग्रेस स्याङ्जाले आजदेखि सुरु गरेको ‘१०० दिन बिशेष अभियान’ कार्यक्रमको सुभारम्भमा बोल्दै गुरुङले यस्तो बताउनु भएको हो ।
राजनैतिक अस्थिरताका कारण देशको विकासले फड्को मार्न नसकेको भन्दै राजनैतिक स्थिरता कायम गर्न दुई दल एक ठाउँमा आएको बताउनुभयो । उहाँले संविधान संसोधन नेपालको राजनितिक स्थायित्वका लागी आवश्यक रहेको भन्दै मुलुकको राजनीतिक दर्पणलाई नेपाली जनताले थेग्ने हुनुपर्नेमा उहाँको जोड थियो ।
उहाँले भन्नुभयो, “संविधान संसोधन गर्दा, तराई, पहाड, हिमालका साथ साथै दलित, खस आर्य, महिला सबैको वर्गको प्रत्यक्ष रुपमा प्रतिनिधित्व हुने गरी संविधानलाई संसोधन गर्न आवश्यक छ ।”संविधान संसोधन मात्रै संसोधनको लागी नभई वैज्ञानिक रुपमा मुलुकको परिर्वतनका लागी हुनुपर्नेमा उहाँको जोड थियो । संविधान संसोधन छिटो गर्नुपर्नेमा जोड दिँदै आर्थिक मन्दी यही अवस्थामा रहने हो भने देश खतरातर्फ धकेलिने स्वंय अर्थमन्त्रीले भनिरहेको अवस्थामा अव पनि नेपाल सरकार तथा राजनितिक दल नयाँ मोडका साथ अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पुर्व उपसभापति एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जिल्ला तथा केन्द्रिय राजनीतिक बारेमा विगत र हालको अवस्था बारे जानकारी गराउनु भएको थियो । सोही कार्यक्रममा केन्द्रिय प्रतिनिधि तथा नेपाली कांगे्रसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ, केन्द्रिय सदस्य सरस्वती अर्याल, गण्डकी प्रदेश उपसभापति एवं सांसद कल्पना तिवारी, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, गण्डकी प्रदेश उपसभापति एवं पूर्वमन्त्री मेखलाल श्रेष्ठ, पूर्व कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमार, कांग्रेसका क्षेत्रीय सभापति एवं नगरप्रमुख तुलसीराम रेग्मी, प्रदेश सभापति एवं प्रदेश सांसद महेश भटराइ, प्रदेश सभापति धुब बिक्रम खाण, विरुवा गाउपालिकाका सभापति डोलराज पोखरेल, स्वतन्त्रता सेनानी तारापती सुवेदी, नेपाल महिला संघ सचीव तारा मल्ल, नेविसंघ जिल्ला अध्यक्ष गौरव प्रधान, लगायतले कांग्रेसको सय दिने अभियानलाई सफलतापूर्व सम्पन्न गर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम जिल्ला सभापति एवं संघिय सांसद राजु थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपसभापति केदार काफ्लेले, सचिव दामोदर लम्सालले अभियानका बारेमा जानकारी र प्रवक्ता भरतप्रसाद लम्सालले संचालन गर्नुभएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको निर्देशन अनुसार स्याङ्जामा पनि ‘सय दिने बिशेष अभियान’ कार्यक्रमको आजदेखि सुभारम्भ गरिएको हो । अभियान अन्र्तगत सय दिनमा जिल्लाका ११ वटै स्थानीय पालिका र ९७ वटा वडामा पुगेर नेपाली कांग्रेसको गरेका काम तथा जिम्मेवारीका बारेमा जानकारी लिने र सो का बारेमा केन्द्रमा जानकारी पठाउने मुख्य काम रहेको केन्द्रबाट खटिई आएका केन्द्रिय सदस्य एवं प्रतिनिधि टेकप्रसाद गुरुङ्ले जानकारी दिनुभयो ।