काठमाडौ,१८ माघ । शुक्रबार देखी सुरु भएको संसदको हिउँदे अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पाटीले “बटम लाइन” का रुपमा अगाडि सारेको प्रस्ताव यस अघिकै संसदमा दर्ता भएको पाइएको छ ।
चर्चामा आउनकै लागि नेताले बेला बेलामा उठाउने गरेको विषय हो “सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन हुनुपर्छ” माघ १८ गतेदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय स्वतन्त्र पाटिका उपसभापति स्वार्णिम वाग्लेले यस विषय पाटिको अबको बटम लाइन भएको बताएका छन् ।
२०८० चैत २३ गते नेपाली कांग्रेसका उपसभापति सांसद धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले ०४७ सालदेखि यता सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न संसदमा प्रस्ताव पेस गरिसकेका छन् । नेपाली काङ्ग्रेसका उपसभापतिको नेतृत्वमा दर्ता भएको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पाटीले भने आज आएर मात्रै आफ्नो प्रमुख एजेन्डा बनाएको हो ।