काठमाडौं, २३ माघ । सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा हाजिर हुनुभएको छ ।
उक्त सहकारीको बचत अपचलन प्रकरणमा आफुबिरुद्ध ठगीको मुद्दा दर्ता भएपछि लामिछाने बुधबार अदालतमा हाजिर हुनुभएको हो ।
अदालत हाजिर भएसंगै लामिछानको मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सुरु भएको छ । बयान पछि थुनछेक बहस हुने बुझिएको छ ।
मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो ।
जसमध्ये १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ ।