काठमाडौं ,११ फागुन। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किनुभएकाे छ ।
फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी मन्त्री घाइते हुनुभएकाे थियाे ।
कीर्तिपुर स्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उहाँ डिस्चार्ज हुनुभएकाे थियाे । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आउनुभएकाे थियाे ।