काठमाडौं, १३ फागुन । नेकपा एमालेका सांसद रघुजी पन्तले देशले दिएको सम्मान पूर्वराजा ज्ञानेन्द्र शाहले बोक्न सक्नुपर्ने बताउनुभएको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पन्तले पूर्वराजाले अरु राजनीतिक दलका नेताजस्तो बोल्न नसुहाउने भन्दै पूर्वराजाको हैसियतमा देशले दिएको सम्मान बोक्न सक्नुपर्ने बताउनुभएको हो । पूर्वराजाले मान्छेलाई आह्वान गरेर जुलुसमा साथ दिनुप¥यो भन्दा नेपाली जनता र राजनीतिक दलहरु मिलेर निर्मल निवास घेरे भने के हुन्छ ? भन्दै उहाले प्रश्न गर्नुभयो । गणतन्त्र आएपछिको मुलुकको बिकास असाधारण ढंगले भएको भन्दै उहाले जनतामा निराशा छर्ने प्रयास कसैले गर्न नहुने धारणा राख्नुभयो ।
सांसद पन्तले एउटा संसदका सदस्यले अर्को सदनका सदस्यलाई लाञ्छना लाउने काम गर्न नहुने बताउनुभयो ।