प्रधानमन्त्रीलाइ कानुनप्रति मतलब छैन : अध्यक्ष नेपाल

२०८१ फाल्गुन १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१६ फागुन ।  पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिचेर अघि बढ्ने कुरामा उस्ताद भएको टिप्पणी गर्नुभएकाे छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री ओलीमाथि गम्भीर टिप्पणी गर्नुभएकाे  हाे।

‘अहिलेका हाम्रा प्रधानमन्त्रीजी संविधान मिच्ने र मिचेर चल्ने कुराको उस्ताद हुनुहुन्छ । त्यो गर्ने कुरा प्रति गौरव बोध गर्नुहुन्छ,’ नेपालले भन्नुभयाे, ‘उहाँलाई संविधानप्रति मतलब छैन, कानुनप्रति मतलब छैन । विधिसँग मतलब छैन । र, व्यापक परामर्श, छलफलसँग पनि कुनै मतलब छैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार