नेपाली कांग्रेस ललितपुरमा १०० दिने कार्यक्रम

२०८१ फाल्गुन १८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृष्णप्रसाद ढकाल
ललितपुर १८ फागुन । नेपाली कांग्रेस ललितपुर महानगरसमिति वडा नं.८ को इकाई समितिले खोकनाको सिकाली रिसोर्ट हल र परिसरमा १०० दिने विशेष अभियान अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. ८ को क्रियाशिल सदस्यहरुलाई क्रियाशिल परिचयपत्र वितरण एवं भेटघाट कार्यक्रम संचालन गरेको थियो ।

नेपाली कांग्रेस ललितपुर महानगरसमिति वडा नं.८ इकाई समितिका उपाध्यक्ष प्रकाश महर्जनको स्वागत मन्तव्य रहेको यस कार्यक्रमका सभापति नेपाली कांग्रेस ललितपुर महानगरसमिति वडा नं.८ इकाईसमिति सभापति अर्जुन महर्जनले गर्नुभएको थियो ।

यस अभियान कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल सरकारका कृषि तथा पशुपंछी बिकाश मन्त्री माननीय रामनाथ अधिकारीले गर्नु भएको थियो । वाहाँले आफु धादिङमा पाँच पटकसम्म पार्टीको जिल्ला सभापति भईरहेकाले जिल्ला संचालनमा कठीन हुनेगरेको मलाई थाहा छ, तथापि जनताले प्रेम र चाहना गरेकाले सेवा पु¥याइरहेकेको बताउनु भएको छ । यद्धपि आफु ललितपुरसँग ज्यादै प्रभावित र अपनत्व पनि बढी भएकाले कृषिमा केहीगर्न चाहनेले सोभैm मंत्रालयमा आउन आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य माननीय उर्मिला के.सी. नेपालले महीलालाई नेतृत्वमा आउन सबै क्षेत्रबाट सहयोग गर्न अपिल गर्नु भएको थियो ।

त्यसैगरी नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले ललितपुरमा ७१ वटा वडा रहेकाले एकजनाले १० जना कार्यकर्ता बढाउनसके ८०० बढ्ने गणीतिय सूत्र प्रस्तुत गर्नुभएको थियो । पार्टीलाई क्रियाशील सदस्य छनौट गर्न धेरै सकस पर्नेगरेको र क्रियाशील सदस्यता प्राप्त गर्न पनि निकै मेहनत पर्ने गरेकोमा पार्टीको मेरुदण्डको रुपमा रहेको क्रियाशील पदलाई अब क्रियाशील गराउनु पर्ने समय आएको धारणा राख्दै ललितपुर जिल्ला क्षेत्र नं.२ मा अझसम्म४ वटा वडाले कार्यक्रम गर्न नसकिरहेकाले नेताकार्यकर्तालाई सजग हुनआग्रह गर्नुभएको थियो ।

यसरी नै कार्यक्रममा नेपाली कांग्रेस बाग्मती प्रदेश उपसभापति चन्द्र महर्जन, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य मदन बहादर अमात्य, बाग्मती प्रदेश संसदीय दलका उपनेता माननीय रामकृष्ण चित्रकार, ललितपुर क्षेत्रीय सभापति महेश खड्का, ललितपुर जिल्ला महिला संघ सभापति एवं पूर्व क्षेत्रीय सभापति गिता सत्यालले आ–आफ्नो धारणा राख्नु भएको थियो । त्यसरी नै कार्यक्रममा नेपाली कांग्रेस महालक्ष्मी नगरसमिति सभापति दिवाकर सिलवाल, नेपालीकांग्रेस महालक्ष्मी नगर उपसभापति बिबेक कार्की, क्षेत्रिय प्रवक्ता दिनेश राउत, रिशा श्रेष्ठ, मनोज अर्याल, पुष्कर केसी, महालक्ष्मी नगर उपमेयर लक्ष्मी महर्जन, ईतिहासविद तथा संचारकर्मी कृष्णप्रसाद ढकाल सहितका नेता तथा कार्यकर्ताहरुको विशाल उपस्थितिमा यस १०० दिने विशेष अभियानमा ललितपुर महानगरपालिका वडा नं. ८ का क्रियाशिल सदस्यहरुलाई क्रियाशिल परिचयपत्र वितरण एवं भेटघाट कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार