पाथीभरा केबलकारको विरोधमा उत्रिएकाहरूलाई वार्तामा आउन गृहमन्त्रीको आह्वान

२०८१ फाल्गुन १८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १८ फागुन । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गर्नुभएको छ ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री लेखकले नो केवलकार समूहले उठाएका बिषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गर्नुभएको हो । उहाले केवलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको जानकारी दिनुभयो । गृहमन्त्री लेखकले जनतालाई अनुभूत हुने गरि देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको उल्लेख गर्नुभयो ।

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गर्ने उहाले उल्लेख गर्नुभयो । गृहमन्त्री लखेकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उहाले बताउनुभयो ।

त्यस्तै उहाले बिभिन्न विधेयकहरु सदनमा पुगेको भन्दै अन्य नीतिगत र कानुनी सुधार गर्ने बिषयमा छलफल भइरहेको जानकारी दिनुभयो । भूकम्पपछिको पुनस्र्थापना र पुननिर्माणको कामले लय समातेको उहाको भनाइ छ । उहाले सिमित स्रोत र साधनकाबीच अपेक्षित रुपमा काम हुन नसकेपनि सवैको साथ र सहयोगबाट उपलव्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील ढंगले काम गरिरहेको अवगत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार