चुच्चे नक्सा कार्यान्वयन गराउन हामी जोसँग पनि कार्यगत एकता गर्न तयार छौं : झलनाथ खनाल

२०८१ फाल्गुन २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २० फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेपाल झलनाथ खनालले अहिले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन् । धनुषा पुगेका नेता खनालले राष्ट्रियताको सन्दर्भमा सबैसँग कार्यगत एकता गर्न खुला रहेको बताए ।

उनले भने, ‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन । तर कार्यगत एकता जोसँग पनि सम्भव छ । इस्युका आधारमा रहेर कार्यगत एकता हुनसक्छ । आज राष्ट्रियताप्रति खतरा बढेको छ । सबै वामपन्थीहरू मात्र होइन अरुपनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् । चुच्चे नक्सा नेपालले बनायो त्यसलाई कार्यान्वयन गरियोस्। भनेर हामी उभिन सक्दैनौँ ।’

उनले सरकार अहिले संकटको पोको बोकेर हिँडेको भन्दै अध्यादेश ल्याउन कुनै आवश्यकता नभएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय