पाल्पा–तम्घास सडक मर्मत गरिने

२०७८ माघ २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, २६ माघ । पाल्पा–तम्घास सडकखण्डको जोर्ते क्षेत्रमा सडक मर्मत गरिने भएको छ । उक्त सडक १५ दिनसम्म मर्मत गरिने भएको हो ।

सडक फराकिलो बनाउनका लागि यही माघ २८ देखि फागुन १३ गतेसम्म बिहान ९ देखि अपरान्ह् ३ः३० बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालका अनुसार ढुङ्गा कटान गरी सडकमा राख्नुपर्ने भएकाले दिउँसो यातायातका साधन सञ्चालनमा समस्या भए पनि साँझ–बिहान सडक खुला रहने छ । प्रदीप साइन जेभी बुटबलले सडक फराकिलो बनाउन थालेको छ । चट्टान कटान गरी सडक चौडा बनाउन थालिएको लम्सालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार