काठमाडौं,८ वैशाख । आज पनि शिक्षक आन्दोलन बिहान ९ बजेदेखि शुरु भएको छ ।
पर्याप्त पूर्वसूचनाको अभावबीच कार्यालय समयमै शिक्षकहरू सडकमा उत्रिएपछि ट्राफिक व्यवस्थापन जटिल बनेको छ । माइतीघर-नयाँ बानेश्वर सडक खण्ड बन्द भएको छ ।
वैकल्पिक रुटका रूपमा नयाँ बानेश्वरबाट थापागाउँ हुँदै हनुमानस्थानको रुट तय गरिएको उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ ।