शिक्षकका जायज माग सरकारले सिघ्र पूरा गर्नुपर्छ : मेखलाल श्रेष्ठ

२०८२ बैशाख ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति तथा पूर्व प्रदेश शिक्षा मन्त्री मेखलाल श्रेष्ठले शिक्षकका जायज माग सिघ्र पूरा गरेर शिक्षकलाई विद्यालय फर्काउनुपर्ने बताउनुभयो। उहाले स्याङ्जा काठमाण्डौ संपर्क समिती नेपाली कांग्रेस ले शनिबार गोधुली फुडल्याण्डमा नया बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा शिक्षकका जायज माग पुरा गर्नुपर्ने बताउनुभएको हो।

उहाले कार्यक्रममा बोल्दै शिक्षकको आन्दोलन समाधानको लागि सरकार विकल्प सहित प्रस्तुत हुनुपर्ने बताउँदै नेतृत्व दायी भूमिकामा समस्या समाधानमा जोड दिनुपर्ने बताउनुभयो। सरकारले शिक्षकका जायज माग तुरुन्त पूरा गर्दै नसकिने माग लाई विकल्पको रुपमा प्रयोग गरेर वार्ताको माध्यम बाट सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। उहाले जुनसुकै समस्याको विषय मा जोड दिँदै विकास निकास र समाधानको विकल्प लिएर अघि बढ्न सरकार को ध्यानाकार्षण गराउनु पर्ने बताउनुभयो । उहाले सरकारले गरेका प्रतिबद्धता भुल्न नहुने बताउँदै अघि बढ्नुपर्ने विषय मा जोड दिनुभयो।

उहाले मातृभूमिको माया गर्नुपर्छ यसको लागि राज्य समस्या नभई समाधानको विकल्प लिएर अघि बढ्नुपर्छ भन्ने बताउनुभयो। त्यसै गरी उहाले पार्टी भित्र गुट उपगुट बन्द गरेर पार्टी एकता गरेर अघि बढ्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय