काठमाडौं, ८ वैशाख । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सिट निर्धारण तथा शुल्क परिमार्जनका लागि अध्ययन गर्न गठन गरेको कार्यदलको बैठक बस्दैछ । बैठक सोमबार दिउँसो ४ बजे बस्ने तय भएको छ ।
चिकित्सा शिक्षा आयोगको १८औं बैठकलले शिक्षा सचिव डा. दिपक काफ्ले संयोजत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
आयोगको १६औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।
तर पटक-पटक चिकित्सा शिक्षा आयोगकोले निर्देशन दिँदा पनि निजी मेडिकल कलेजलले भने उक्त निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आइरहेका छन् । जसका कारण तीन हप्तादेखि आवासीय चिकित्सक आन्दोलनमा छन् ।
कार्यदलकै केही सदस्यले आयोगको १६औं बैठकको निर्णय कार्यान्वयन नभई आफूहरू कार्यदलको कार्यादेशमा प्रवेश नगर्ने बताइरहेका छन् ।