गण्डकी प्रदेश स्तरीय म्याग्दी भलिबल कपको उपाधि स्याङ्जालाई

२०८२ असार १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, १२ असार । म्याग्दी भलिबल प्रतियोगिता कप २०८२ को उपाधि स्याङ्जाले हात पार्न सफल भएको छ। आयोजक म्याग्दी टिमलाई घरेलु मैदानमा पराजित गर्दै खेलकुद विकास समिति गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगितामा स्याङ्जाले जीत हासिल गर्न सफल भएको छ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको बुधबारको फाइनल प्रतियोगिता बेनीको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा स्याङ्जा विजयी हुँदै दुई लाख पुरस्कार हात पार्न सफल भएको छ। पहिलो र तेस्रो सेट मा जीत निकालेको म्याग्दी दोस्रो, चौथो र पाँचौं सेटमा पराजित गर्दै दोस्रो स्थान हात पार्न सफल रह्यो।

पहिलो सेटमा २५–१७ र तेस्रोमा २६–२४ को अन्तरमा स्याङ्जा लाई पराजित गरेको म्याग्दी दोस्रो, चौथो र पाँचौँ सेटमा २५–१९, १६–२५ र १७–१५ को अन्तरमा पराजित हुँदै दोस्रो स्थानमा रह्यो। त्यसै गरी बागलुङ लाई २५–१४, २५–२१ र २५–२३ को सोझो तीन सेटमा पराजित गर्दै तनहुँ तेस्रो भएको थियो।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्लाको सहभागिता रहेको थियो । भलिबल खेल प्रतियोगितामा प्रथम पुरस्कार नगद रु दुई लाख, दोस्रो पुरस्कार नगद रु एक लाख, तेस्रो नगद रु ५० हजार र चौथो पुरस्कार नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र रहेको थियो।

जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खम बहादुर गर्बुजा, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले प्रतियोगिता मा सफल र विभिन्न विधामा उत्कृष्ट लाई पुरस्कार वितरण गर्नुभएको थियो।

उक्तृष्ट खेलाडीमा स्याङ्जा विरुवा का सञ्जोक परियार, उत्कृष्ट प्रशिक्षकमा अमित केसी, उत्कृष्ट सेटर मा तनहुँका विवस आले , म्याग्दीका विष्णु नेपाली उत्कृष्ट सर्भर र धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर घोषित हुनुभएको छ।

उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई रु पाँच–पाँच हजार र अन्य विधागत उत्कृष्ट खेलाडीलाई नगद रु तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र ले पुरस्कृत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय