सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउँः मन्त्री पौडेल

२०८२ असार ३२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,३२ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान  गर्नुभएको छ  ।

बुधबार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गर्नुभएको हो  । उहाले लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न सरसफाई अभियान सुरु गर्न आग्रह गर्नुभयो । साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको सङ्क्रमण उच्च हुने भन्दै यी ४ महिनामा कुनैपनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरु जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरु पुर्न र फालिएका टायरहरू व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

सरकारी कार्यालयहरू जोगाउन सके दर्जनौँ मानिसहरूलाई डेंगुबाट जोगाउन सकिने बताउनुभयो । डेंगुबारे सचेतना अभियान फैलाउनसके डेंगी फैलिनबाट रोक्न सकिने  बताउनुभयो ।

मन्त्री पौडेलले डेंगुबाट जोगिन आफू बसेको ठाउँलाई लार्भारहित बनाउन आग्रह गर्नुभयो । आफूले आफूलाई सुरक्षा गर्नसके मात्रै अरुलाई सहयोग गर्न सकिने बताउनुभयो । उहाले सरकारी कार्यालयहरू सबै लार्भा नष्ट अभियानमा सक्रिय हुनुपर्ने बताउनुभयो  । हरेक शुक्रवार (साउन, भदौ, असोज र कार्तिक महिना) प्रभावकारी रूपमा सरसफाइमा लाग्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय