डेङ्गु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्छौ : मन्त्री पौडेल

२०८२ असार ३२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,३२ असार । स्वास्थ्य मन्त्रालयले डेङ्गी संक्रमण नियन्त्रण गर्न डेङ्गी सचेतना राष्ट्रिय अभियान घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेङ्गी नियन्त्रण गर्नका लागि श्रावण महिनालाई डेङ्गी सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको हो । डेङ्गी सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै स्वास्थ्य मन्त्री पौडेलले श्रावण महिनाबाट डेङ्गी संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

डेङ्गी संक्रमणबाट आम नागरिकलाई जोगाउने दायित्व सरकारको भएकाले त्यसलाई पुरा गर्न डेङ्गी सचेतनाबाहेक अरु कुनै बिकल्प नरहेको उहाले बताउनुभयो ।

मन्त्री पौडेलले लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अवको चार महिना सवै नागरिकका साथै निकायहरु सजक हुनुपर्ने धारणा राख्नुभयो । डेङ्गी सचेतना राष्ट्रिय अभियान कार्यान्वयनको बिषय सरकारको मात्रै समाजको पनि भएकाले सवै एक भएर डेङ्गीमा केन्द्रीत हुनुपर्नेमा उहाले जोड दिनुभयो ।

डेंगी संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेङ्गी संक्रमण भएको र ११ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । मन्त्रालयका अनुसार चालू आर्थिक बर्षमा मात्रै नेपालमा ५० हजारभन्दा बढी डेङ्गी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय