काठमाडौं,३२ असार । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशभित्र गुणस्तरिय शिक्षाको अवसर प्रदान गर्नु अहिलको चूनौति रहेको बताउनुभएको छ ।
नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले हिजोको चूनौति साक्षरता रहेको भन्दै आजको चूनौति देशभित्र गुणस्तरिय शिक्षाको अवसर प्रदान गर्नु रहेको बताउनुभएको हो । उहाले सरकार, सवै राजनीतिक दल र सरोकारवालाई शिक्षाको बिकासका लागि सामूदायिक विद्यालयहरुले सेवामूखी भइ मुलुकको शिक्षा क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान दिदैआएको उहाले बताउनुभयो । सभापति देउवाले सामूदायिक विद्यालयको शिक्षाको गुणस्तरको बृद्धिका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको धारणा राख्नुभयो ।


उहाले समृद्धिको आधारशिला जिवनउपयोगी शिक्षा रहेकाले व्यवसायीक शिक्षा प्रदान गर्न सरकारबाट समुचित र न्यायोचित पहल हुनुपर्ने खाँचो देखिएको बताउनुभयो ।