स्याङ्जामा कुटपिटमा संलग्न दुई पक्राउ

२०८२ श्रावण २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २ साउन । स्याङ्जाको हरिनास गाउँपालिकामा कुटपिटमा संलग्न दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा विरुवा गाउँपालिका ५ तल्लोचोप्ट बस्ने २७ वर्षका बिबेक राना र हरिनास गाउँपालिका १ सालडाँडा हटिया बस्ने २१ वर्षका सचिन भन्ने दिपेस मानन्धर रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रसन्न राज चाैधरीले जानकारी  दिनुभयाे ।

उनीहरुलाई हरिनास गाउँपालिका १ सिम्लेस्थित दुलैगौडा बिरुवा ग्रामिण सडकमा बलेरो जिपलाई रोकी तोडफोड तथा जीपमा सवार दुई जनालाई कुटपिट गरी असार १० गते घाइते बनाएका थिए ।

कुटपिटमा संलग्न दुई जनालाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले कास्कीबाट पक्राउ गरेको हो । उनीहरुलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय