कुलिङ अफ पिरियडमा प्रधानमन्त्रीमाथि छानविन हुनुपर्ने प्रचण्डकाे माग

२०८२ श्रावण १०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलिङ अफ पिरियडमा भएको छेडखानीमा प्रधानमन्त्रीमाथि छानविन हुनुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै प्रचण्डले कुलिङ अफ पिरियडमा छेडखानी गर्ने एमालेको नियत देखिएको भन्दै यस बिषयमा प्रधानमन्त्रीमाथि छानविन हुनुपर्ने बताउनुभएको हो । कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गरेको उहाले बताउनुभयो । उहाँले एमालेका सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको बताउनुभयो ।

त्यस्तै प्रचण्डले कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको टिप्पणी गर्नुभयो । उहाले मदन भण्डारी र जबजको आधारमा टिकेको एमालेमा अहिले उत्तराधिकारीको संकट देखिएको जिकिर गर्नुभयो । अहिलको अवस्थामा बैचारिक र राजनीतिक संकट नभएको एकमात्र पार्टी माओवादीमात्रै भएको उहाले दावी गर्नुभयो ।

प्रचण्डले आठौं महाधिवेशनको नीति र विचारअनुसार जनतासँग प्रत्यक्ष सम्पर्कको अभियानमा माओवादी केन्द्रीत रहेको धारणा राख्नुभयो । उहाँले पछिल्लो पटक आफु नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय