काठमाडौँ, १० साउन । धान खेतमा पानी लगाउने क्रममा झिकु खोलामा आएको बाढीले बगाउँदा तेमाल गाउँपालिका–१ अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु भएको छ । शुक्रबार राति करिब नौ बजे झिगुखोलाले बगाएर बेपत्ता भएका ५५ वर्षीय भण्डारीको शव आज सुनकोशी नदीमा भेटिएको हो ।
भण्डारीलाई बगाएको खबर आएपछि स्थानीय, प्रहरी र खोज तथा उद्धार टोलीले रातभर उनको खोजी गरिए पनि मध्याह्न शव फेला परेको हो । झिगुखोला पाँचखाल हुँदै सुनकोशी नदीमा मिसिने भएकाले खोजी कार्य जटिल भएको पाँचखाल प्रहरीले जानकारी दिएको छ ।

