मुक्तिनाथ फाउण्डेशनद्धारा खाद्यान्न वितरण

२०८२ भाद्र ७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल
स्याङ्जा, ७ भदौ । कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसर पारेर मुक्तिनाथ फाउण्डेशनले वृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरेको छ । फाउण्डेशनले स्याङ्जाको रामनदी धामस्थित वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरेको हो ।

फाउण्डेशनका संस्थापक तथा मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्सालले खाद्यान्न वितरण गर्दै वृद्धवृद्धाहरुको सेवामा संस्थाले स्थापना कालदेखि सेवा गर्दै आएको बताउनुभयाे । समाजमा विभिन्न कारणले जीवनयापन गर्न समस्या भोग्दै आएका वर्गलाई फाउण्डेशनले सहयोग गर्दै आएको उहाँले सुनाउनुभयाे।

वृद्धाश्रममा बसोबास गर्ने बेसहारा र विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई संस्थाले सहयोग गर्दै आएको संस्थापक लम्सालले बताउनुभयाे । बैंकको सहयोग र फाउण्डेशनको समन्वयमा देशका विभिन्न भागमा सामाजिक काम गर्दै आएको उहाँले जानकारी दिनुभयाे ।

त्यस अवसरमा मुक्तिनाथ विकास बैंकका क्षेत्रिय कार्यालय पोखराका प्रमुख रसिक भण्डारी, अर्जुन सुबेदी, मुक्तिनाथ विकास बैंक स्याङ्जाका व्यापार विकास कार्यक्रम अधिकृत सन्तोष ढकाल र वालिङ शाखाका प्रमुख नविन काफ्ले लगाएतले बोल्नुभएकाे थियाे ।

काठमाडौंमा केन्द्रिय कार्यालयको फाउण्डेशनको सक्रियतामा राम्दीधाममा बसोबास गर्दै आएका वृद्धवृद्धालाई करिब ५० हजार मुल्य बराबरको खाद्यान्न वितरण गरिएको फाउण्डेशनका कार्यक्रम संयोजक देवी प्रसाद अर्यालले जानकारी दिनुभयाे । राम्दीमा बसोबास गर्ने वृद्धवृद्धालाई संस्थाबाट निरन्तर सहयोग पु¥याउने संयोजक अर्यालले बताउनुभयाे ।

मुक्तिनाथ विकास बैंकको सहयोगमा फाउण्डेशनले शिव पार्वती वृद्धाश्रममा बसोबास गर्ने करिब २५ वृद्धवृद्धहरुलाई खाद्यान्न वितरण गरिएको हो । उक्त आश्रम गल्याङ् नगरपालिका–१, स्याङ्जा र पाल्पाको संगमस्थल रामनदी धाम नदी किनारमा दुई दशक अघिदेखि संचालनमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार