बानेश्वारमा एमसीसी विरुद्ध प्रदर्शन जारी

२०७८ फाल्गुन १५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ १५ फागुन । आज बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने तयारी भइरहँदा नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शन जारी रहेको छ । एमसीसीविरोधी प्लेकार्डसहित यतिबेला मानिसहरू सडकमा नाराबाजी गरिरहेका छन् ।

यता एमसीसी विरुद्धको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार