संसदले गर्ने सबै काम र निर्णय ठिक नहुने :राजेन्द्र लिङदेन

२०७८ फाल्गुन १५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले संसदले गर्ने सबै काम र निर्णय ठिक नहुने उदाहरण नेपालमै पाइने बताउनुभयो। महाकाली सन्धिलाई उहाले त्यसको एक उदाहरणका रुपमा व्याख्या र्गर्नुभयो ।

उहाले प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको सामान्य छलफलमा भाग लिँदै जनता सडकमा उत्रिएको, कडा सुरक्षा व्यवस्था गरिएको र काँडेतार लगाइएको, अर्कोतिर संसदभित्रै संसदको सबैभन्दा ठुलो दल नारा जुलुसमा रहेको अवस्थामा प्राविधिक कुरामात्र मिलाएर एमसीसीलाई अघि बढाउन नहुने बताउनुभयो । उहाले सरकारलाई भने, ‘यो केवल आर्थिक सहायताको विषयमात्र होइन । नेपाली जनता यो विषयमा विभाजित भइरहेको अवस्थामा राष्ट्रिय सहमति कायम गरी सबैको सल्लाहमा अघि बढाउने गरी यसलाई स्थगन गरेर अघि बढ्नुपर्छ ।’

उहाले एमसीसीको दफा दफामा छलफल हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । ‘सबैले बुझ्ने वातावरण बनाउनुपर्छ, एमसीसीमार्फत पैसामात्र होइन, अन्य कुरा पनि आउँदैछ भन्ने कुरा भइरहेको छ, यथार्थ कुरा जनताले जान्ने वातावरण बनाउनुपर्छ ।’एमसीसी सम्झौतामा व्याख्यात्मक टिप्पणी गरेर पारित गर्ने भन्ने कुरा आइरहेको भन्दै उहाले हामीले यहाँ गर्ने व्याख्यात्मक टिप्पणी अमेरिकाले, एमसीसीले मान्छ कि मान्दैन भन्ने प्रश्न पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार